स्पेनिस ला लिगा : बार्सिलोना सेल्टासँग बराबरीमा रोकियो


१४ असार २०७७, आईतवार
soltas tlopIU3Lw2

काठमाडौं, १४ असार । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर, स्मोलोभ र इयागो आसपसले एक–एक गोल गरे ।

उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ६८ अंक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७