महाधिवेशन कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी वैठक बस्दै


१४ असार २०७७, आईतवार
congress 1

काठमाडौं, १४ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन ।

महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएको छ । आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७