गण्डकी प्रदेशमा विहानै थपिए ३४ संक्रमित, बागलुङका मात्रै २७ जना


१४ असार २०७७, आईतवार
pokhara

पोखरा, १४ असार । गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन् ।

बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ ।
हेर्नुस् प्रेस विज्ञप्ति

g 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७