सिद्धबाबामा पहिरोले, सडक अवरुद्ध


१४ असार २०७७, आईतवार
siddha

रुपन्देही, १४ असार । निरन्तरको वर्षाका कारण आज (आइतबार) बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द हुन पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विहान करिव ६ बजे बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा जिल्लातिर सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् । उताबाट पनि दोभानमा नै रोकिएका छन् । यो सडक पहिरोले पटक–पटक अवरुद्ध हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७