पहिरोले घर पुर्दा स्याङजामा एकको मृत्यु


१४ असार २०७७, आईतवार
pahiro galyang pic 2 NcicvzaNNp

स्याङजा, १४ असार । स्याङ्जाको गल्याङमा अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर गल्याङ नगरपालिका–९ साङ्लियका ४९ वर्षीय यमबहादुर बिकको मृत्यु भएको वडाध्यक्ष हरि खनालले जानकारी दिए ।

आइतबार बिहान ३ बजेतिर घरमाथिबाट आएको पहिरोमा परेर उनकी श्रीमती घाइते भएकी छिन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७