नक्सा सच्याए वापत दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री

‘म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन, भोलिपल्ट बर्खास्त हुन्छ’


१४ असार २०७७, आईतवार
kp

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् ।

प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रैका शक्तिहरु अहिले लागिपरिरहेको आरोप लगाएका छन् ।

मदन भण्डारी फाउण्डेसनद्वारा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।’ उनले थपे, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’

उनले भने, ‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ ।’

उनले थपे, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन । कोशिस गर्नेलाई गर्न दिउँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७