स्पेनिस ला लिगा : रियल मड्रिडलाई दुई अंकको अग्रता


१५ असार २०७७, सोमबार
30159392 8468671 image a 48 1593380842964

काठमाडौं, १५ असार । स्पेनिस ला लिगामा रियल मड्रिडले इस्पानोयलमाथि एक शून्यको कठिन जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाभन्दा दुई अंकको अग्रता बनाएको छ ।

गए राति भएको खेलको छैटौं मिनेटमा नै रियालका क्यासेमेरोको प्रहारलाई इस्पानोलका गोलकिपर लोपेजले बचाए । ३१ औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा कप्तान सर्जियो रामोसको हेडर प्रयासले सहि दिशा लिन सकेन । खेलको ४४ औं मिनेटमा रियलका तीन खेलाडीले प्रहार गरेको बललाई इस्पानोयलका गोलकिपर लोपेजले बचाए ।

तर पहिलो हाफका अन्तिममा रियालले खेलमा अग्रता बनायो । करिम बेन्जिमाले डिबक्समा दिएको पासलाई क्यासेमेरोले सहजै गोल गर्न सफल भए । पहिलो हाफमा एक शून्यको अग्रता बनाएको रियालले दोस्रो हाफमा पनि धेरै अवसर पाएका थियो । तर उसले थप गोल गर्न सकेन ।

जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्‍याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७