२०७७ असार १६ गते मंगलबारको तपाईको राशिफल


१६ असार २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अल्झिएका समस्या सुल्झाउन सकिने छ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघि बढ्ने छ । काम गर्ने जोश–जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या पनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७