गण्डकी प्रदेशमा विहानै थप १७ जनामा कोरोना संक्रमण


१६ असार २०७७, मंगलवार
pokhara

पोखरा, १६ असार । गण्डकी प्रदेशमा आज (मंगलबार) विहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीका चार जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशका कोरोना संक्रमित ९६६ मध्ये २१४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा दुई जना सङ्क्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७