गाँजाका बोट फाँड्दै प्रहरी


१६ असार २०७७, मंगलवार
gaja kheti

मेलम्ची, १६ असार । चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ । वडा नं ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले १६ सयभन्दा बढी गाँजाका बोट नष्ट गरेको हो । नगरपालिकाको वडा नं ४ र ५ क्षेत्रभित्र झण्डै ५ रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रनाउ काफ्लेले बताए ।

सोमबार नै वडा नं १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो । लागु पदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गरिने प्रनाउ काफ्लेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७