स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाडौबाट दुई जना पक्राउ


१६ असार २०७७, मंगलवार
money
फाइल फोटो

काठमाडौं, १६ असार । स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँ सहित दुई जना काठमाडौबाट पक्राउ परेका छन् ।

भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७