भारत-चीन झडपस्थल लद्दाखमै आज सहमतिका लागि तेस्रो वैठक, संसारकै चासो


१६ असार २०७७, मंगलवार
ladakh 5

काठमाडौं, १६ असार । लद्दाखको गलवान उपत्यकामा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडपपछि दुवै देश आ–आफ्नो तयारीमा रहेका समाचार आइरहेका बेला आज (मंगलबार) सीमा तनाव समाधानका लागि वार्ता हुने भएको छ ।

झडपपछि दुवै देशले थप सैन्य तयारी गरेका समाचार आइरहेका बेला भारत–चीन सीमामा जारी तनाव समाधानबारे आज दुई देशबीच कमाण्डरस्तरमा तेस्रो बैठक हुन लागेको हो । यसअघि जुन ६ मा पहिलो र जुन २२ मा दोस्रो बैठक भएका थिए ।

आज हुने तेस्रो बैठक लद्दाखको चुसुलमा बिहान साढे १० बजे शुरु हुने समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । बैठक भारतीय भूमितर्फ हुने जनाइएको छ । यसअघिका दुई बैठक चीनतर्फको भागमा भएको समाचारमा उल्लेख छ ।

आजको बैठकमा दुई पक्षबीच सीमामा भइरहेको तनाव कम गर्ने विषयमा छलफल हुनेछ । यसका लागि आज महत्वपूर्ण सहमति हुने बीबीसी हिन्दीले जनाएको छ ।

यही जुन १५ राति दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत–चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। त्यस क्रममा २० भारतीय सैनिक मारिएको थियो ।

तर चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म औपचारिक पुष्टि हुन सकेको छैन । आज हुने भनिएको भारत–चीनबीचको तेस्रो वैठकलाई विश्वले निकै चासोका साथ हेरिएको पनि समाचार एजेन्सीले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७