निजामती सेवा ऐनप्रति असन्तुष्ट कर्मचारीद्धारा सिंहदरबारभित्रै प्रदर्शन {भिडियो}


१६ असार २०७७, मंगलवार
nijamti karmachari

काठमाडौं, १६ असार । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको संघीय निजामती सेवा ऐनप्रति असन्तुष्ट जनाउँदै नायब सुब्बाहरुले मंगलबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर सुब्बाहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रसतशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग राखेका छन् । तर, कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ । विरोध प्रदर्शनमा सहभागीहरुले राज्य व्यवस्था समितिबाट पारित ऐन कर्मचारीको हितमा नरहेको भन्दै विरोध गरेको बताइका छन् । 

प्रदर्शनमा उत्रेका कर्मचारीहरुले निजामती सेवा विधेयकका कतिपय प्रावधानले नायब सुब्बाहरुको वृत्ति विकासमा असर परेको जनाएका छन् । देशभर राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा पदमा करिव ३५ हजार कर्मचारी कार्यरत छन् ।

समितिले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सांसदहरूको असहमतिका बाबजुद संघीय निजामती विधेयक संसदको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७