म यति समूहको सञ्चालक होइन, प्रायोजित रुपमा दुष्प्रचार गरियो : अध्यक्ष शेर्पा


१६ असार २०७७, मंगलवार
furgeljwe sherpa 1 1

काठमाडौं, १६ असार :  अल्टिच्युड एयरका अध्यक्ष तथा नवनियुक्त ‘नेपाल वायुसेवा निगम’को सञ्चालक समिति सदस्य फुरगेल्जे शेर्पाले आफू यती समूहका सञ्चालक नभएको बताएका छन् । सञ्चार माध्यमहरुमा ‘नेपाल वायुसेवा निगम’को बोर्डमा यती समूहका सञ्चालक नियुक्त’ प्रकाशित समाचारको खण्डन गर्दे अध्यक्ष शेर्पाले यति समूहमा आफ्नो कुनै पनि खालको सहभागिता र संग्लनता नरहेको प्रष्ट पारेका हुन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर शेर्पाले अल्टिच्युड एयरमा ‘यती समूह’को हाल कुनै लगानी र संग्लनता नरहेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारमा मलाई ‘यती समूह’बाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष भनिएको छ । तर अल्टिच्युड एयरमा ‘यती समूह’को हाल कुनै लगानी र संग्लनता नरहेको प्रष्ट पार्न चहान्छु । एक वर्ष अघि नै ‘यती समूह’ आफ्नो सेयर फिर्ता लिएर अल्टिच्युड एयरबाट अलग भइसकेको सबैलाई विदित नै छ ।’

शेर्पाले सोलुखुम्बुमा सञ्चालित कोङ्दे होटेलमा ‘यती माउन्टेन होम’ र आफ्नो सयुक्त लगानी नरहेको बताएका छन् । उनले भनेका छन्, ‘सोलुखुम्बुमा सञ्चालित कोङ्दे होटेलमा ‘यती माउन्टेन होम’ र मेरो सयुक्त लगानी रहेको र नेतृत्व मैले गरिरहेको उल्लेख छ । तर कोङ्दे होटेलमा ‘यती माउन्टेन होम’ र मेरो संयुक्त लगानी रहेको भन्ने कुरा पूर्णत निराधार हो । ‘यती माउन्टेन होम’ले फरक कित्ता र मैले फरक कित्ताको पुर्खौली निजी जग्गामा होटल सञ्चालन गरिरहेका छौं । हाम्रो अलग–अलग व्यवसाय हो । ‘यती माउन्टेन होम’ र मेरो सयुक्त लगानी भन्ने पूर्णत गलत रहेको प्रष्ट पार्न चहान्छु ।’

‘शेर्पा हुनुको नाता’ बाहेक मेरो ‘यती समूह’मा मेरो कुनै सहभागिता र लगानी नरहेको उनको भनाई छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको पर्यटन क्षेत्रमा म विगत ४० वर्षदेखि क्रियाशिल छु । उड्डयन क्षेत्रमा विगत एक दसकदेखि आबद्ध छु । तर तथ्य नै नबुझी ‘यती समूहका सञ्चालक’को रुपमा प्रस्तुत गरिएकोमा म खेद प्रकट गर्दै उक्त समाचार खण्डन गर्न चहान्छु ।’

शेर्पाले संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा प्रस्तुत गरेर बदनाम गराउने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । भनेका छन्, ‘भन्न चहान्छु, ‘यती समूह’ नेपाली माटोको सुगन्ध रहेको देशभक्त राष्ट्रिय पूँजीपतिको समूह हो । यो समूहमा म आबद्ध भएको भए सायद गौरवको बिषय हुने थियो । तर कुनै पनि संग्लनता नरहेको आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा प्रस्तुत गरेर बदनाम गराउने प्रयास भएकोमा दुःख व्यक्त गर्न चहान्छु ।

शेर्पाले नेपालको गौरव राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमलाई माथि उठाउनको निम्ती मैले अहिलेसम्म आर्जन गरेको सम्पूर्ण ज्ञान, सिप र अनुभवको उच्चतम् प्रयोग गर्ने प्रतिबद्धता बताएका छन् । शेर्पाले भनेका छन्, ‘यस जिम्मेवारीलाई गौरवपूर्ण इतिहास बोकेको ‘नेपाल वायुसेवा निगम’लाई नयाँ उचाईमा लैजाने अवसरको रुपमा प्रयोग गर्नेछु ।’

 

 

 

विज्ञप्तिको पूर्ण पाठ :

प्रेस विज्ञप्ति scaled
१६ असार २०७७ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित ‘नेपाल वायुसेवा निगम’को बोर्डमा यती समूहका सञ्चालक नियुक्त’ शिर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारमा मलाई ‘यती समूह’बाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष भनिएको छ । तर अल्टिच्युड एयरमा ‘यती समूह’को हाल कुनै लगानी र संग्लनता नरहेको प्रष्ट पार्न चहान्छु । एक वर्ष अघि नै ‘यती समूह’ आफ्नो सेयर फिर्ता लिएर अल्टिच्युड एयरबाट अलग भइसकेको सबैलाई विदित नै छ ।

यसैगरी समाचारमा सोलुखुम्बुमा सञ्चालित कोङ्दे होटेलमा ‘यती माउन्टेन होम’ र मेरो सयुक्त लगानी रहेको र नेतृत्व मैले गरिरहेको उल्लेख छ । तर कोङ्दे होटेलमा ‘यती माउन्टेन होम’ र मेरो संयुक्त लगानी रहेको भन्ने कुरा पूर्णत निराधार हो । ‘यती माउन्टेन होम’ले फरक कित्ता र मैले फरक कित्ताको पुर्खौली निजी जग्गामा होटल सञ्चालन गरिरहेका छौं । हाम्रो अलग–अलग व्यवसाय हो । ‘यती माउन्टेन होम’ र मेरो सयुक्त लगानी भन्ने पूर्णत गलत रहेको प्रष्ट पार्न चहान्छु ।

नेपालको पर्यटन क्षेत्रमा म विगत ४० वर्षदेखि क्रियाशिल छु । उड्डयन क्षेत्रमा विगत एक दसकदेखि आबद्ध छु । ‘शेर्पा हुनुको नाता’ बाहेक मेरो ‘यती समूह’मा मेरो कुनै सहभागिता र लगानी रहेको छैन । तर तथ्य नै नबुझी ‘यती समूहका सञ्चालक’को रुपमा प्रस्तुत गरिएकोमा म खेद प्रकट गर्दै उक्त समाचार खण्डन गर्न चहान्छु । तर म यहाँ भन्न चहान्छु, ‘यती समूह’ नेपाली माटोको सुगन्ध रहेको देशभक्त राष्ट्रिय पूँजीपतिको समूह हो । यो समूहमा म आबद्ध भएको भए सायद गौरवको बिषय हुने थियो । तर कुनै पनि संग्लनता नरहेको आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा प्रस्तुत गरेर बदनाम गराउने प्रयास भएकोमा दुःख व्यक्त गर्न चहान्छु ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । स्वतन्त्र प्रेसप्रति मेरो सर्वथा गहिरो सम्मान र दृढ प्रतिबद्धता रहेको छ । तर तथ्य नै नबुझी, सम्बन्धित पक्षलाई एक पटक पनि नसोधी एक पक्षिय ढङ्गले प्रायोजित रुपमा यस प्रकारका समाचार प्रकाशित गरिएकोमा मलाई असाध्यै दुःख लागेको छ । यस प्रकारका समाचारहरु प्रकाशित गरेर सञ्चार माध्यमप्रतिको विश्वासनीयता र सम्मानलाई कमजोर नबनाउन म हार्दिक अपिल गर्दछु । तथ्य भन्दा धेरै टाढा रहेर लेखिएका यसप्रकारका आग्रहपूर्ण र नियोजित समाचारले नेपाली सञ्चार माध्यमप्रतिको विश्वासनीयतालाई कमजोर बनाइरहेको तथ्यप्रति सचेत रहन सबैलाई विनम्र अनुरोध समेत गर्दछु ।

नेपालको गौरवको रुपमा रहेको राष्ट्रिय ध्वाजावाहक ‘नेपाल वायुसेवा निगम’ लाई माथि उठाउनको निम्ती यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने नेपाल सरकार र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूप्रति आभार प्रकट गर्दछु । साथै हाम्रो गौरव राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमलाई माथि उठाउनको निम्ती मैले अहिलेसम्म आर्जन गरेको सम्पूर्ण ज्ञान, सिप र अनुभवको उच्चतम् प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । मैले यस जिम्मेवारीलाई गौरवपूर्ण इतिहास बोकेको ‘नेपाल वायुसेवा निगम’लाई नयाँ उचाईमा लैजाने अवसरको रुपमा प्रयोग गर्नेछु । धन्यवाद !
मिति : १६ असार २०७७ ।

फुरगेल्जे शेर्पा
अध्यक्ष
 अल्टिच्युड एयर, काठमाडौं
कोङ्दे होटल, सोलुखुम्बु
शेर्पा साग्रलिा रिसोर्ट, फाग्दीङ्ग, सोलुखुम्बु
हिमालयन शेर्पा ऐडभेन्चर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७