नेकपा स्थायी कमिटी बैठकमा आज के–के भयो ? {भिडियाे}


प्रकाशित मिति : 30 June, 2020 8:02 pm

काठमाडाैं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएकाे पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ ।  


प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएकाे विषयमा छलफल भएको हो ।

यो पनि पढ्नुहोस्
भारतले सरकार ढाल्न लागेको कुरा स्पष्ट पार्न प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको माग
प्रचण्डले ओलीलाई भने, ‘राजीनामा दिल्लीले होइन, मैले मागेको हुँ, दुवै पदबाट राजीनामा दिनुस्’ प्रधानमन्त्रीको उल्टै प्रश्न, ‘वैठकका कुरा दिल्लीका मिडियामा कसरी हुबहु आए ?’
आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रधानमन्त्री

यसैगरी निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि आजको बैठकमा छलफल भएको छ । बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाइका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराएको थियो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यसहित १८ जनाले विचार राखेका जानकारि दिए । जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाए ।  

 यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा जारी रहेको थियो । स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्