राष्ट्रिय वाणिज्य बैंकद्वारा केयर रेटिङस्मा ए प्लस प्राप्त


१६ असार २०७७, मंगलवार
Bank

काठमाडौं, १६ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस् नेपालद्धारा गरिएको रेटिङस्मा ए प्लस (CARE-NP A+) रेटिङस् प्राप्त गरेको छ ।

केयर रेटिङस्मा ए प्लस रेटिङस्ले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५र०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४र०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।


हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७