यती समूहले भन्यो, ‘नवनियुक्त शेर्पा यति समूहको सञ्चालक होइनन्, दुष्प्रचार बन्द गरियोस्’


१६ असार २०७७, मंगलवार
Yeti air

काठमाडौं, १६ असार : यती समूहले अल्टिच्युड एयरका अध्यक्ष तथा नवनियुक्त ‘नेपाल वायुसेवा निगम’को सञ्चालक समिति सदस्य फुरगेल्जे शेर्पा यती समूहका सञ्चालक नभएको जनाएको छ ।

मंगलबार यति समूहको तर्फबाट अध्यक्ष अध्यक्ष लाक्पा सोनाम शेर्पाले समाचारमाको खण्डन गर्दै नियुक्त सदस्य शेर्पा यति समूहसँग अबाद्ध नरहेको र नियुक्तीमा कुनै हात नरहेको प्रष्ट पारेका हुन् ।
विज्ञप्तिमा अल्टिच्युड एयरमा ‘यती समूह’को हाल कुनै लगानी र संग्लनता नरहेको जनाइएको छ । यसैगरी सोलुखुम्बुमा ‘यती माउन्टेन होम’द्धारा सञ्चालित कोङ्दे रिसोर्टमा शेर्पाको संग्लनता नरहेको अध्यक्ष शेर्पाको भनाई छ ।

यति समूहको दबाब वा रुचीमा नभई शेर्पाको दक्षता र अनुभवको आधारमा पर्यटन मन्त्रीले नियुक्त गरेको तथ्य आफ्नो जानकारीमा रहेको शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाले नियोजित रुपमा यति समूह विरुद्ध दुष्प्रचार गरिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।

यसअघि अल्टिच्युड एयरका अध्यक्ष तथा नवनियुक्त ‘नेपाल वायुसेवा निगम’को सञ्चालक समिति सदस्य फुरगेल्जे शेर्पाले आफू यती समूहका सञ्चालक नभएको प्रष्ट पारीसकेका छन् । सञ्चार माध्यमहरुमा ‘नेपाल वायुसेवा निगम’को बोर्डमा यती समूहका सञ्चालक नियुक्त’ प्रकाशित समाचारको खण्डन गर्दे अध्यक्ष शेर्पाले यति समूहमा आफ्नो कुनै पनि खालको सहभागिता र संग्लनता नरहेको प्रष्ट पारेका हुन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर शेर्पाले अल्टिच्युड एयरमा ‘यती समूह’को हाल कुनै लगानी र संग्लनता नरहेको जनाएका छन् । शेर्पा हुनुको नाता’ बाहेक मेरो ‘यती समूह’मा मेरो कुनै सहभागिता र लगानी नरहेको उनको भनाई छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको पर्यटन क्षेत्रमा म विगत ४० वर्षदेखि क्रियाशिल छु । उड्डयन क्षेत्रमा विगत एक दसकदेखि आबद्ध छु । तर तथ्य नै नबुझी ‘यती समूहका सञ्चालक’को रुपमा प्रस्तुत गरिएकोमा म खेद प्रकट गर्दै उक्त समाचार खण्डन गर्न चहान्छु ।’

शेर्पाले संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा प्रस्तुत गरेर बदनाम गराउने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । भनेका छन्, ‘भन्न चहान्छु, ‘यती समूह’ नेपाली माटोको सुगन्ध रहेको देशभक्त राष्ट्रिय पूँजीपतिको समूह हो । यो समूहमा म आबद्ध भएको भए सायद गौरवको बिषय हुने थियो । तर कुनै पनि संग्लनता नरहेको आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको ‘एजेन्ट’को रुपमा प्रस्तुत गरेर बदनाम गराउने प्रयास भएकोमा दुःख व्यक्त गर्न चहान्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७