गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९४ पुग्यो


१७ असार २०७७, बुधबार
pokhara

पोखरा, १७ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहुँमा एक जना गरी कूल २८ नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यस्तै गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा एक पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरी ८ जना संक्रमित थपिएका छन् ।

बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरी ३ जना र तनहुँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।

संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७