आफ्नो पक्षमा बोलिदिन दर्जन बढी स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्रीको आग्रह

ओलीले परामर्शमा बोलाइएन पूर्व माओवादी मन्त्रीहरूलाई


१७ असार २०७७, बुधबार
Kp oli मन्त्रिपरिषदको नियमित बैठक २०७७ आषाढ १५ scaled

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीका दर्जन बढी सदस्यलाई आफ्नो पक्षमा बोलिदिन आग्रह गरेका छन् ।

पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री ओलीले आज बिहान नेकपा स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा बोलाएर करिब २ घण्टा परामर्श गरी आफ्नो पक्षमा बोलिदिन आग्रह गरेका हुन् ।

‘मलाई अहिले अप्ठेरामो पारिएको छ,’ छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनु पर्‍यो ।’ छलफलमा सहभागीले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी अब नयाँ ढंगले अघि बढाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले पार्टी र देश दुवै गम्भीर संकटमा छ, यस विषयमा गम्भीरतापूर्वक कदम चाल्ने आफूले परामर्श थालेको र यो पहिलो चरण भएको बताएका छन् ।

ओलीले परामर्शमा बोलाइएन पूर्व माओवादी मन्त्रीलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी मन्त्रीहरुलाई नबोलाई बुधबार परामर्श गरेका छन् । ओलीले नबोलाएका कारण पूर्व माओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा भएननन् ।

उनीहरु भन्छन्, ‘नबोलाएकाले बालुवाटार गइएन ।’ तर, पूर्वमाओवादी भए पनि हाल ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र लेखराज भट्ट भने बालुवाटार गएका थिए ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले आफू निकट मन्त्रिपरिषदका सदस्य र स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका हुन् । स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७