जर्जियाको पूर्व राष्ट्रपतिलाई नजरबन्दको आदेश


१३ माघ २०७४, शनिबार
mikhali saakashvili
????????????????????????????????????

किभ, १३ माघ : किभको पुनरावेदन अदालतले जर्जियाका पूर्व राष्ट्रपति मिखाइल शाकासभिलीलाई रातिको समयमा नजरबन्दमा राख्न शुक्रबार आदेश दिएको छ । अदालतले शुक्रबार नै विज्ञप्तिमा जारी गरी सो जानकारी दिएको हो ।

mikhali saakashvili

अदालतले शाकासभिली हरेक राति १० देखि बिहान ७ बजेसम्म घरमै रहन आदेश दिएको छ । शाकासभिली युक्रेनी राजनीतिक पार्टीका नयाँ नेता हुन् । स्थानीय सञ्चार माध्यमहरूले उहाँलाई देश बाहिर र टेलिभिजनका कार्यक्रमहरूमा जान नदिनका लागि नजरबन्दको आदेश दिएको बताएका छन् ।

अघिल्लो महिना युक्रेनको प्रहरीले पनि उनलाई पक्राउ गरेर केही समयपछि छाडिदिएको थियो । उहाँलाई प्रहरीले आतङ्कवादी समूहसँग आबद्ध भएको र आतङ्कवादी गतिविधि गर्न सघाएको अभियोग लगाएको थियो ।

पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति भएको थियो । उनले सन् २०१५ को मेमा युक्रेनको नागरिकता लिनुभएको थियो र आडेसा क्षेत्रको गभर्नर नियुक्त  भएको थियो ।

गत वर्ष युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले शाकासभिलीको नागरिकता खारेज गरिदिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७