ट्याक्सी व्यवसायीले पकाए सडकमै खाना {भिडियाे}


१७ असार २०७७, बुधबार
taxi byabsahi 2

काठमाडाैं, १७ असार । भाडाका ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै आन्दोलनरत ट्याक्सी व्यवसायीले बुधबार सडकमै खाना पकाएर विरोध प्रदर्शन गरेका छन् ।  

बुधबार यातायात व्यवस्था विभाग अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले सकडमा नै खाना पकाएर खाएका हुन । सरकारी निकायले कुनै पहल नगरेकाले बाध्य भएर सडकमा आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म विभागको अगाडि प्रदर्शन जारी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएको तथा वित्तिय संस्थाको ऋण तथा व्याज तिर्न नसकेको, घर भाडा बुझाउन नसकिएको भन्दै लकडाउन अवधिभरको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्नुपर्ने, ट्याक्सी चलाउन पाउनुपर्ने उनीहरुको माग छ ।

निजी सवारी साधन चल्न दिएको अवस्थामा ट्याक्सीलाई रोक्नु अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । त्यस्तै रातो प्लेटकाहरुले मोलमोलाई गरेर यात्रु बोकेको तर कोरोना संक्रमणको डर देखाएर सार्वजनिक ट्याक्सी चलाउन नदिएको उनीहरुले आरोप लगाएका छन् ।

त्यस्तै सरकारले १० अर्बको राहत वितरण गरेको बताएपनि आफूहरुले केहि नपाएको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७