सांसद ज्ञानकुमारी छन्त्यालको अन्तिम बिदाइ {भिडियो}


१७ असार २०७७, बुधबार
gyankumari chhantayal

काठमाडौं, १७ असार । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्यालको काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा बुधबार निधन भएको हो । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिए । उनको बुधबार दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि पशुपति आर्यघाटमा कांग्रेसका सभापति शेर बहादुर देउवाले छन्त्यालको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए ।

त्यस्तै सभामुख अग्नी सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका नेताहरु पशुपति आर्यघाट पुगी स्वर्गीय छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । पशुपति आर्यघाटमा कांग्रेसका नेताहरुले नेपाली राजनीतिमा पु¥याएको योगदान र महिला आन्दोलनमा खेल्नुभएको भूमिकाको स्मरण गरेको थियो ।

कांग्रेस बाग्लुङको सल्लाहकार तथा महाधिवेशन प्रतिनिधिसमेत रहेको थिए । मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निसान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेका थिइनन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७