गरिमा विकास बैंकले यातायात व्यवसायीलाई एक महिनाको व्याज छुट


१७ असार २०७७, बुधबार
garima bikash bank
काठमाडौं, १७ असार । कोरोनाभाइरस (कोभिड–१९) को कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रका ग्राहकलाई आसार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने भएको छ । 
 
 
बैकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सीलगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गर्ने सेवाग्राही ९ऋणी०हरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट बाहेक २०७७ असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
 
 
सेवाग्राहीहरुले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन । अहिलेको अवस्थामा ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले थोरै भए पनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको सिइओ ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७