कार्टुन्ज क्रु र प्रिंयका कार्कीको ‘माछीले खाने खोलीको लेऊ’ ट्रेडिङ १ मा


१४ माघ २०७४, आईतवार
Priyanka karki and cartoon creaw 1

काठमाडौं : नायिका प्रियंका कार्की र चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुसँगको ‘माछीले खाने खोलीको लेऊ’ गीत ट्रेडिङ १ मा आएको छ । क्रृको सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै प्रिंयका कार्की अभिनित नयाँ गीत बिहीबार सार्वजनिक भएको हो । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

Priyanka karki and cartoon creaw 1
यसअघि चलचित्र पुरानो डुंगा को ‘निर जैले रिसाउने’ बोलको गीतमा उनीहरूले सँगै फिचरिङ गरेका थिए । बिहीबार सार्वजनिक भिडियोमा प्रियंका, आशामा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत छ ।

गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ । मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७