पलायो आश : बेलायतमा कोरोनाविरुद्धकाे खोप तेस्रो परीक्षणमा, आठ हजार जनाले लगाउँदै


प्रकाशित मिति : 2 July, 2020 7:22 am

काठमाडौं, १८ असार । बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ ।

संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो ।

अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको र त्यो खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन् ।

तर उनले यो खोप कहिलेसम्म आम प्रयोगका लागि तयार हुन्छ भन्ने खुलाइनन्, किनकी यो परीक्षणबाट आउने नतिजामा भर पर्छ । हालसम्मको परीक्षणको नतिजा सकारात्मक देखिएका कारण विश्व समुदायमा कोरोना संक्रमणलाई चाँडै जित्न सकिने आशा पलाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्