काठमाडौंमा ‘लिभिङ्ग टुगेदर’ मा रहेका युवा–युवती एउटै पासोमा मृत्त फेला


१८ असार २०७७, बिहीबार
death photo1

काठमाडौं, १८ असार । काठमाडौंको पेप्सीकोलामा लिभिङ्ग टुगेदरमा बस्दै आएका युवा–युवती एउटै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कागेश्वरी मनहरा नगरपालिका–९, पेप्सीकोलास्थित एक घरको कोठाभित्र सलको पासो लगाएर झुण्डिएको अवस्थामा युवा–युवती फेला परेको बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी दक्षकुरमार बस्नेतले जानकारी दिएका छन् ।

‘उनीहरू लिभिङ टुगेदरमा रहेको बुझिएको छ,’ डीएसपी बस्नेतले भने, ‘भाडामा लिएको आफ्नै कोठाभित्र एउटै सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेका हौं ।’

उनका अनुसार घटना बुधबार दिउँसोको हो । प्रहरीले दिउँसो साढे १२ बजेतिर खबर आएपछि प्रहरी टोली घटनास्थल पुगेको उनले जानकारी दिए ।

प्रहरी मृत्तकको नाम खुुलाउन नचाहे पनि उनीहरू ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीया अस्मिता थापा भएको स्थानीयबाट बुृझिएको छ ।

डीएसपी बस्नेतले घटना गम्भीर रहेको र हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताएका छन् । ‘घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ, अहिले नाम खुलाउन मिल्दैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७