गण्डकी प्रदेशमा विहानै थप ८ जनामा कोरोना संक्रमण, संक्रमित कहाँका ?


१८ असार २०७७, बिहीबार
pokhara

पोखरा, १८ असार । गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै थप आठ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरी दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७