प्रचण्ड निवास खुमलटारमा ओली निकटका नेताहरु


१८ असार २०७७, बिहीबार
prachanda

काठमाडौं, १८ असार । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा मागेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) विहानैदेखि छलफलमा सक्रिय भएका छन् ।

पार्टीभित्र आन्तरिक किचलो छताछुल्ला भएपछि अध्यक्ष दाहालले छलफललाई तीव्रता दिएका छन् । आज (बिहीबार) बिहान आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् । त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि छन् ।

एक्लौटी ढङ्गमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि यतिबेला पार्टीभित्रको विवाद उत्कर्समा पुगेको छ । बुधबार मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७