प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


१८ असार २०७७, बिहीबार
Cabinet meeting scaled

काठमाडौं, १८ असार । राजीनामाको दवाव झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

‘अहिले तत्काल बैठक बस्ने भनी खबर आएको छ । स्थायी समिति बैठकसँगै समय जुधेको छ, सायद धेरै लामो नहोला,’ एक मन्त्रीले सुनाए ।

स्थायी कमिटी बैठक जारी रहँदा बैठकमा बोल्ने अधिकांश नेताले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएपछि उनी तीब्र दबाबबीच निरन्तर राजनीतिक परामर्शमा छन् ।

ओलीले आफूनिकट नेता, मन्त्री, सांसददेखि राष्ट्रपतिसम्म नियमित छलफल परामर्श गरिरहेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट मन्त्री, सांसद तथा अन्य नेताहरुसँग सुझाव मागेका थिए ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायत नेताहरुले पनि छलफल तीब्र पारेका छन् । बिहीबार बिहान आफूनिकटका मन्त्री, सल्लाहकारहरुलाई खुमलटार पठाएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७