मन्त्रिपरिषद् बैठकअघि शीतलनिवास पुगे प्रधानमन्त्री


१८ असार २०७७, बिहीबार
Shital Nivas president office

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद वैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि नै राष्ट्रिपतिसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका हुन् । शीतलनिवासमा केहीबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको स्रोतले जानकारी दिएको ।

अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेको र मन्त्रिपरिषद बैठक शुरु हुन लागेको जनाइएको छ । पार्टी स्थायी समितिमा राजीनामा मागिएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका रुपमा हेरिएको छ ।

यसअघि मंगलबार स्थायी समितिको बैठकअघि र पछि गरेर दुई पटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७