राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य


१८ असार २०७७, बिहीबार
bidhya bhandari

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भए बमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।

सरकारले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

rastrapati house

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७