जिल्ला प्रशासन कार्यालयका कर्मचारी पेस्तोलको गोली र लागूऔषधिसहित समातिए


१४ माघ २०७४, आईतवार

लहान, १४ माघ : जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित समातिएका छन् । कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई प्रहरीले पक्रेको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् ।goli thokeko

झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ । दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिएका छन् । दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७