नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित, पार्टी एकता नै धरापमा


१८ असार २०७७, बिहीबार
Nekapa 4

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक शुरु भएको थियो ।

तर लगत्तै पर्सी शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको एक नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । चर्किदो विवादकै कारण वैठक स्थगन गर्नुपर्ने अवस्थामा पुगेको जानकारी दिंदै पार्टी प्रवक्ता श्रेष्ठले पार्टी एकता नै धरापमा पर्दै गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक बसाई संसद अधिवेशन अत्यको निर्णय गराएका थिए । यसले अर्का अध्यक्ष प्रचण्डलाई थप सशंकित बनाएको छ । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउने संकेत दिएपछि विवाद झन चुल्लिन पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७