ला लिगा : रियाल मड्रिड उपाधि नजिक

काठमाडौं, १९ असार । स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने संभावना बलियो पारेको छ ।
लिग अन्तर्गत गए राति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे । यो गोलसँगै रामोसले स्पेनिस लिग फुटबलमा ४ सय ५० गोल पुरा गरेका छन् ।
जितपछि शीर्ष स्थानको रियाल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ । अब लिगमा बाँकी पाँच खेलमध्ये चार खेलमा जित निकालेमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक स्पेनिस लिग जित्नेछ ।
लिग अन्तर्गत गए राति नै भएको अर्को खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियाल सोसिडाडले इस्पानियोललाई २–१ ले पराजित गरे । एजेन्सी