महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ


१९ असार २०७७, शुक्रबार
pakrau 1 पक्राउ arrest

कञ्चनपुर, १९ असार । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको हो । मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग उनीमाथि छ ।

मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए ।

‘हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘थप अनुसन्धान जारी छ ।’ महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७