भारतः अपराधी पक्राउ गर्न गएका प्रहरीको समूहमाथि गोलीबारी, डिएसपीसमेत ८ प्रहरीको मृत्यु


१९ असार २०७७, शुक्रबार
police 4ItuP94e7p

काठमाडौं,  असार १९ । भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ ।


राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो । प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’


‘प्रहरी दल पुग्ने बित्तिकै अपराधीले छतबाट गोलीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’


मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ ।

डिजीपी अवस्थीका अनुसार विकास दुबेमाथि ६० वटा मुद्दा दर्ता छन् । केही दिनअघि कानपुरका राहुल तिवारी नामका व्यक्तिले उनीमाथि हत्याका प्रयास मुद्दा दर्ता गरेका थिए । त्यसै सिलसिलामा प्रहरीले विकास दुबेलाई पक्राउ गर्नका लागि उनको गाउँ गएको थियो जहाँ प्रहरीसँग उनको मुठभेड भयो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७