कुमार लिङदेन भन्छन् : लिम्बुवानको दरबारमा चाहिं पानी ट्याङ्ककी !


१४ माघ २०७४, आईतवार
Kumar Lingden 810

काठमाण्डौं, १४ माघ : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले धरानको विजयपुर दरबार क्षेत्रमा धरान उपमहानगरपालिकाले पानी ट्याङ्की बनाउन लागेको काम प्रति आपति छन् ।Kumar Lingden 810

लिङदेनले काठमाडौंको बसन्तपुरस्थित दरबार भूकम्पले भत्काउँदा चीन, जापान, भारत, बेलायत, अमेरिका र युनेस्कोलाई गुहार गरेर तुरुन्तै पुनर्निर्माण गर्ने तर लिम्बुवानीहरुको विजयपुरस्थित दरबार क्षेत्रमा चाहिँ खानेपानीको ट्याङ्की बनाउने भनेर नगरको यस कार्यको विरोध गरेका छन् । उनले आफ्नो पेजबुकमा बसन्तपुरको निर्माणाधीन दरबारको तस्वीर राख्दै लिम्बुवानमाथि अत्याचार हुन लागेको र सो अत्याचार आजको पुस्ताले नसहने चेतावनी दिएका छन् ।

उनले लिम्बुवानमाथिको दमन कुनै पनि हालतमा स्वीकार्य नहुने पनि प्रष्ट बताएका छन् । लिङदेनले दरबार परिसरमा ट्याङ्की निर्माण हुन लागेको विषयमा चासो व्यक्त गर्दै यसको विकल्प खोज्न धरान उपमहानगरपालिकालाई अनुरोध गरेका छन् । सो क्रममा उनले दरबार क्षेत्रमा जबरजस्ती ट्याङ्गी बनाइएका जीवनमरणको लडाईं लड्ने चेतावनी दिएका थिए । उनले उल्लेख गरेका छन्– ‘किनेर किन्न नपाइने, एक दिनमा बनाएर नबन्ने कुनै चिज छ भने त्यो इतिहास र अस्तित्व नै हो । यो अमूल्य पुरातात्विक सम्पतिमाथि खेलवाड नहोस ।’dar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७