संयुक्त राष्ट्र संघको कारभित्र यौन कार्य गर्ने व्यक्ति पहिचान


१९ असार २०७७, शुक्रबार
uncarrr 1200x560 1

काठमाडौं, १९ असार । कार्यालयकै गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा संयुक्त राष्ट्र संघका दुई कर्मचारी कारबाहीमा परेका छन् ।

इजरायलको तेल अभिभस्थित समुद्री किनारमा आफ्नो आधिकारिक कारभित्र एक जोडीले यौन कार्य गरिरहेको भिडियो सार्वजनिक भएपछि राष्ट्र संघले ती व्यक्ति पत्ता लगाएर कारबाही गरेको हो ।

भिडियोमा देखिएका ती व्यक्ति इजरायलस्थित राष्ट्र संघ शान्ति सेनाको मिसन यूएनटीएसओमा कार्यरत कर्मचारी भएको पत्ता लागेको हो । भिडियोमा रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सिटमा बसेका दुईमध्ये एकसँग यौनिक मुद्रामा देखिएकी छन् ।

१८ सेकेण्डको त्यो सेक्स भिडियो गत महिना सामाजिक सञ्जालमा व्यापक प्रसारण भएपछि राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफन ड्युजरिकले आफू स्तब्ध भएको बताउँदै घटनाको गम्भीर अनुसन्धान थालिएको बताएका थिए ।

राष्ट्र संघको नीतिविपरीत यौन गतिविधिमा संलग्न भएको आरोपमा ती दुई कर्मचारीलाई कारबाही गरिएको प्रवक्ता ड्युजरिकले बताएका छन् । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले आफ्ना संस्थाभित्र अनुचित यौन क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति रहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७