लद्दाख पुगेर चीनलाई संकेत गर्दै मोदीले भने, ‘विस्तारवाद विश्व शान्तिका लागि खतरा’


१९ असार २०७७, शुक्रबार
modi 2

काठमाडौं, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको सीमानजिक लद्दाखमा पुगेर सैनिकहरुलाई सम्बोधन गरेका छन् । सैनिकहरुको मनोबल बढाउने प्रयास गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको दाबी गरे ।

pm modi in leh

‘विस्तारवादको युग समाप्त भइसक्यो । अबको युग विकासवादको हो । गएको शताब्दीमा विस्तारवादले नै मानव जातिको विनाश गरेको थियो,’ उनले चीनको नाम नलिई भने, ‘अझै पनि विस्तारवादलाई कसैले अपनाउँछ भने त्यो विश्व शान्तिका लागि खतरा बन्छ ।’

चौधौं कर्प्सका सैनिकलाई सम्बोधन गर्दै मोदीले भारतीय सेनाको बहादुरीको गुनगान गाए । जुन १५ मा लद्दाखमा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । ७० भन्दा बढी घाइते भएका थिए । मोदीले घाइतेहरुको उपचार भइरहेको अस्पताल समेत भ्रमण गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७