प्रेमी जोडी सँगै नहरमा हामफाले, युवतीको उद्धार, युवक वेपत्ता


१९ असार २०७७, शुक्रबार
suicide web2020 07 03 04 37 22

कञ्चनपुर, १९ असार । कञ्चनपुरमा एक जोडीले आत्महत्याको उद्देश्यले सँगै हामफालेका छन् ।
शुक्रबार बिहान ११ बजेतिर भीमदत्त नगरपालिका– १ भाँसीमा एक प्रेमी जोडी नहरमा हामफालेका हुन् ।

भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा हामफालेको स्थानीयले जानकारी दिएका छन् । नहरमा हामफालेको देखेपछि स्थानीयले केहीछिनमै युवतीको उद्धार गरे पनि युवक भने वेपत्ता भएको छन् ।

सोही नगरबाट कामका लागि गाउँतिर गइरहेका सुनिल चौधरीले केटाकेटीले नहरमा हामफालेको थाहा पाएपछि भेला भएका स्थानीयले युवतीलाई नहरबाट निकालेका हुन् ।

‘पानीमा केही मात्रै टाउको देखिएको थियो,’ ‘उनले भने, ‘मैले शुरुमै उनलाई निकालें, पेटमा पानी भरिएर उनी बेहोस थिइन् ।’ १०–१५ मिनेटमा केटीको होश आएपछि उनले नै केटा पनि नहरमा छ भनेपछि खोज्दा केटा नभेटाएको उनले जानकारी दिए ।

उनले भने, ‘केटीलाई महाकाली अस्पताल पठाइयो, वडाध्यक्ष र प्रहरीलाई खबर गरे, अनि सबै आए केटालाई खोज्दै छौँ ।’ हामफाल्नुको कारण यकिन नभएको उनले बताएका छन् ।

आपसमा झैझगडा वा आवेगमा लिएको निर्णय भएको पनि हुन सक्ने अनुमान स्थानीयको छ । केटीको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवरले माथि पुलमा लामो समयदेखि बसेका केटाकेटीले एक्कासी सँगै हामफालेको स्थानीयले देखेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७