११ वर्षीया बालिकाको बलात्कारपछि हत्या : हत्या आशंकामा अघोरी बाबा पक्राउ


१९ असार २०७७, शुक्रबार
aghori

जनकपुर, १९ असार । धनुषामा दुई दिनदेखि बेपत्ता एक ११ वर्षीया बालिका हत्या गरिएको अवस्थामा फेला परेकी छिन् ।

जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थास्थित दूधमति नदी किनारामा ११ वर्षीया बालिका कन्चनकुमारी पजियार शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । ती बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । बालिका नग्न अवस्थामा फेला परेका कारण बलात्कारपछि हत्या गरिएको अनुमान प्रहरीको छ । अहिले घटनास्थलमा प्रहरीले तारबार गरी शिल गरेको छ ।

खेतमा धान रोपिरहेका एक किसानले शुरुमा बालिकाको शव भेटेका थिए । उनले दूधमति नदीे किनारा तर्फबाट गन्ध आएपछि हेर्दा ती बालिकाको शव देखेर प्रहरी र स्थानीवासीलाई जानकारी गराएका थिए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका राति अबेरसम्म गाउँ नफर्किपछि खोजविन थालिएको थियो । त्यसलगत्तै उनका आफन्तले बिहीबार बिहान अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

यता, प्रहरीले घटनाबारे अनुसन्धान गर्ने क्रममा एक जना अघोरी बाबा हुँ भन्दै हिंड्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मृतक बालिकाका काका विजय पजियारले बुधबार दिउँसो बालिका भैंसी चराउन चौरतर्फ गएको बताउदैँ भने, ‘बुधबार १२ बजेतिर भैंसी चराउन गएकी बालिका अबेर साँझसम्म घर आइनन् ।

त्यसबेला आफन्तकहाँ भोज थियो, त्यहीं गएको हुनुपर्ने आशंका गर्‍यौ र चौरमा गएर उनका बुवा उमेश पजियारले भैसी ल्याए, अबेर रातिसम्म पनि सबै ठाउँमा खोजविन गर्‍यौ । तर कतै नभेटिएपछि बिहीबार बिहान प्रहरीमा उजुरी गर्‍यौ र खोजविन पनि जारी नै राख्यौं’ उनले भने ।

उनका अनुसार एकाएक आज बिहान एक किसानले घरमा आएर नदीको किनारामा फ्यालिएको अवस्थामा छोरीलाई देखिएको बताएका थिए । अहिले घरमा बालिकाकी आमा र बुवा शोकमा छन् ।

उनले छोरीको खोजविन गर्ने क्रममा पानी परेको र ओत लाग्न कुटीभित्र पस्न खोज्दा अघोरीले आफूहरुलाई भित्र छिर्न नदिएको बताए । बाबाको गतिविधि शंकाष्पद रहेको बताउँदै उनले छोरीको शव हेर्दा हत्यापूर्व बलात्कार गरिएको आशंका व्यक्त गरे ।

crime police

स्थानीय दिनेश शाहले बालिकाले लगाएको लुगामध्ये जिउमा गञ्जी मात्रै भएको र शरीरभरी रगताम्य रहेको शव नदी किनारमा देखिएकाले बलात्कार गरी हत्या गरेको आशंका व्यक्त गरे । साहले लकडाउन अवधिदेखि गाउँ वरिपरि रहेका चौर र आमगाछीमा गाउँ बाहिरका युवाहरु आएर मादक तथा लागू पद्धार्थ सेवन गर्नेहरुले पनि यस्तो गलत कार्य गरेको हुनसक्ने आशंका व्यक्त गरे ।

अघोरी बाबामाथि आशंका लागेपछि स्थानीयवासीले उनलाई प्रहरी समक्ष बुझाएका छन् । यता, प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले यसबारे थप अनुसन्धान भइरहेको बताउँदै प्रारम्भिक अनुसन्धानका लागि एक अघोरी बाबालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७