प्रधानमन्त्रीको समर्थनमा चितवनमा प्रदर्शन


१९ असार २०७७, शुक्रबार
kp oli samarthan pradarsan chitwan7

काठमाडौं, १९ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको दूरीलाई कम गर्न वार्ताको पहल भइरहेकाले स्थितिलाई नखबल्याउन दोस्रो पुस्ताका नेताहले खबरदारी गरिरहेका छन् ।

नेकपामा शीर्ष तीन नेता केपी शमा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट दोस्रो पुस्ताका नेताहरुले दुबै अध्यक्ष वार्तामा बसेर विवादलाई अत्इ गर्नुपर्ने दबाव दिंदै स्थितिलाई थप बिग्रन नदिन खबरदारी गरिरहेका बेला देशका विभिन्न जिल्लामा प्रधानमन्त्री ओलीको समर्थनमा नारा जुलुसहरु निस्किरहेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ ।

युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । सो क्रममा उनीहरुले सहभागीहरुलाई मास्क र ग्लोभ्स पनि वितरण गरेका थिए ।

प्रदर्शनमा सहभागी युवा अनोज जोशीले पाँच वर्षका लागि जनताले म्याण्डेड दिएर बनेको सरकारलाई बीचमा नै ढलाएर अस्थीरता सिर्जना गर्न खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने बताए । देश कोरोना महामारीको संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यता आजै (शुक्रबार) भक्तपुर र पोखरामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालिएको छ । पोखरामा झरीकै बीच पनि ओली समर्थकले जुलुस निकाल्दै पार्टीभित्रैबाट प्रधानमन्त्रीविरुद्ध चलखेल भएको भन्दै नाराबाजी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७