निजि विद्यालयको शिक्षक उत्रिए सडकमा {भिडियो}  


१९ असार २०७७, शुक्रबार
sasthagat bidhyalaya

काठमाडौं, १९ असार । कोरोना महामारी अवस्थामा आफुहरुलाई मौखिक रुपमा निकालिएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।  

संस्थागत बिद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले विनाकारण कामबाट निकाल्ने क्रम बन्द हुनुपर्ने माग राखेका छन् । त्यस्तै लकडाउनको अवधिको सेवा सुविधाका साथै तलव दिनुपर्ने माग पनि गरेका छन् ।

निजी बिद्यालयका शिक्षकहरु समस्यामा पर्दा पनि सरकार मौन रहेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । आफुहरुको जायज माग पुरा गर्न विरोधका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७