तलब नदिने मालिक विरुद्ध उत्रिए पत्रकार सडकमा {भिडियो}   


१९ असार २०७७, शुक्रबार
journalist Nepal

कठमाडौं, १९ असार ।  श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । 

 कोरोना महामारी र लकडाउनलाई देखाएर श्रमजीवी पत्रकार ऐन नभएको र  पेशागत सुरक्षाको ग्यारेन्टी हुन नसकेको भन्दै तलब नदिने मिडियाे हाउसविरुद्ध उत्रिए महासंघको नेतृत्वमा काठमााडौंको बबरमहलमा प्रदर्शन गरेको हो ।  

बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको महासंघको भनाई छ । 

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई रु, ‘मेरा सम्पादकको मुटु छ, मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

समस्या देखिएका सञ्चारगृहमा असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।

लकडाउनको कारण देखाएर मिडिया हाउसले  निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७