वामदेवलाई मनाउने कोशिसमा बालुवाटार


२० असार २०७७, शनिबार
bamdev gautaam

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी ओलीबाट निरन्तर धोका पाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनमा लागेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन बालुवाटारले फेरि कोशिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बालुवाटार छलफलपछि महासचिव विष्णु पौडेलले गौतमलाई उनकै निवास भैंसेपाटी गएर भेटेका थिए । शुक्रबार साँझ पनि ओली समूहका अन्य नेता गौतमनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई सहयोग गरेर अघि बढ्दा नै सही राजनीतिक निर्णय हुने भन्दै मनाउने कोशिस भइरहेको स्रोतले जनाएको छ । गत ४ असारमा अध्यक्ष प्रचण्डसँगको भेटपछि गौतमले स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गरेर राजनीतिक मुद्दामा आफू प्रचण्ड र नेपालको साथमा रहेको स्पष्ट पारेका थिए ।

प्रेस नोटमा भनिएको थियो, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिटै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीं भेटिँदै छ ।’

यसअघि वैशाख तेस्रो साता सचिवालयमा गौतमसहितका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर, अचानक प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतम पछाडि हटेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७