निर्णायक वार्तामा ओली–प्रचण्ड


१४ माघ २०७४, आईतवार
Oli Dahal

काठमाण्डौं, १४ माघ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज निर्णायक वार्तामा जुटेका छन् ।Oli Dahal

पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न आशंका बढिरहेका बेला आज बिहान ११ बजेदेखि दुबै पार्टीका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता बसेका हुन् । यसका अघिका वार्ता ओली निवास बालकोटमा भए पनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका छन् । एमालेका ओली पक्षका नेताहरुले सरकार र एकीकृत पार्टीको नेतृत्व ओलीले नै गर्नुपर्ने भन्दै लबिङ गर्न थालेपछि माओवादीमा शंका उत्पन्न भएको थियो । माओवादी नेताहरु दुवै पार्टीका अध्यक्षले सम्माजनक रुपमा पद पाउनु पर्ने बताउँदै आएका छन् ।

एमालेले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ । आजको वार्तामा पार्टी एकीकरण र सरकार गठनका विषयमा निष्कर्ष निकालिने उच्च स्रोतले जानकारी दिएको छ । ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डलाई एकीकृत पार्टीको नेतृत्व दिनु पर्ने माओवादीको ठम्याइ छ । यदि यसमा ओली सहमत नभए दुई वाम एकीकरणको विषय तत्कालका लागि रोकिने छ । माओवादीले सरकारमा एमालेलाई समर्थन गर्नेछ भने पार्टी एकीकरणका लागि छलफल जारी राख्ने र तत्काल एकीकरणको नगरिने उच्च स्रोतको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७