स्पेनिस ला लिगा : मोराटाले र कोकीको गोलले एट्लेटिकोको सहज जीत


२० असार २०७७, शनिबार
morata bazJb9kCqF

काठमाडौं, २० असार । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जीत हात पारेको छ ।

गए राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए । कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७