भूकम्पपीडितलाई निःशुल्क जग्गा


२० असार २०७७, शनिबार
lalpurja 1
सांकेतिक तस्विर

संखुवासभा, २० असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संखुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो । सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडित खुशी भएका छन् । १३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ ।

प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुलीको पनि उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन एकाइ संखुवासभाका प्रमुख नवीन देवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७