नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानीबारे के भन्छन स्थानीय ? {अडियो रिपोर्ट}


२० असार २०७७, शनिबार
lipulek 1

बैतडी, १९ असार । नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानीको बिषय यतिबेला चर्चामा रहेको छ । नेपाल सरकारले उक्त भूमिसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतमा नेपाल सरकारको आलोचना भैरहेको छ । नेपालमा पनि भूमि फिर्ता गर्न सरकार पछि नहट्नु पर्ने भन्दै संघर्षका कार्यक्रम गरिंदैछन् ।
सुन्नुहोस् विनोद सिंह अडियो रिपोर्ट

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो । दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ । त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ । छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ । त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ । उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ । सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरिसकेकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७