उपत्यकामा सवारी दुर्घटनामा १४५ को मृत्यु, दुईपाङ्ग्रे धेरै


२० असार २०७७, शनिबार
car and motorcycle accident कार र मोटसाइकल दुर्घटना cover 1

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ ।
उपत्यकामा आर्थिक वर्ष २०७६–०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो ।

जसमा ११७ पुरुष र २८ महिला रहेका छन् । यस्तै, २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा छ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । यस्तै, छ हजार २२० काररभ्यानरजीप, दुई हजार ३३ बस, एक हजार ६३२ ट्रकरटिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् ।

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीन जनाको मृत्यु भएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने ।

चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २५४ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७